logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना

राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना


  • बिहिबार, बैशाख १३ २०८१

  • काठमाडौँ । राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ मा सुमो दुर्घटनाग्रस्त भएको छ । रोकिराखेको गाडी एकाएक ब्याक भएर सडकबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    प्रहरीका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा रहेको गाडी केहीबेरमा ब्याक हुँदै भीरबाट तल खसेको हो ।

    बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय