logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी

दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी


  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौँ । दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । उनी करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मङ्गलवार नेपाल भ्रमणमा आएका थानीलाई बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर बिदाइ गरेका हुन् ।

    उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि थानीको बिदाइ गर्न विमानस्थल पुगेर थानीको बिदाइमा सहभागी भए । नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबिच ८ बुँदे समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी भएकोमा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएका हुन् ।

    नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबिच भएको वार्तापछि दुई देशका मन्त्रीहरूबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । थानी मङ्गलवार त्रिवि विमानस्थलमा ओर्लँदा उनलाई नेपाली सेनाले विशेष सम्मान अर्पण गरेको थियो । कतारी राजाको भ्रमणले नेपाल र कतारबिचको सम्बन्धमा थप सुदृढ हुने  सहयोग आदान प्रदान बढ्ने विश्वास गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय