logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विभिन्न स्थानमा तीन जना मृत फेला

विभिन्न स्थानमा तीन जना मृत फेला


  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका–१४ स्थित जन स्वास्थ्य कार्यालय नजिक नालीको पानीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका-९ रमुवादहस्थित भगरम खोलामा सोही ठाउँ बस्ने ५० वर्षीय सहिलाल बुढामगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    सोमबार घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यता रूपन्देही स्थित देवदह नगरपालिका-९ घोडाहा फुलबारी टोल बस्ने ४४ वर्षीया दानुका रोकाया आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय