logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


  • बुधबार, बैशाख १२ २०८१

  • काठमाडौँ । लगातार दुई दिन तोलामा ३८ सय रुपैयाँ घटेको सुनको मूल्य बुधवार पुनः ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढ्दै १ लाख ३६ हजार रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला २७ सय रुपैयाँले घट्दै १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय