logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गुल्मीको इस्मा आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट

गुल्मीको इस्मा आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट


  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौँ ।  गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । सोमबार इस्मा गाउँपालिका– ६  को बुल्ममा दुई  घर र एक गोठ जलेर नष्ट  भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगोलाई स्थानीय, जनप्रतिनिधि, प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय  गुल्मीका सूचना अधिकारी डीएसपी  शंकर पोखरेले जानकारी दिए ।

    यसअघि यही वैशाख ८ गते जिल्लाका ४१ घर  जलेका थिए । जसमा इस्मा गाउँपालिकाका मात्रै २५  घर जलेर पूर्णरुपमा क्षति भएका थिए । योसँगै इस्मामा क्षति हुने  घरको सङ्ख्या  २७ पुगेको छ । आगलागीबाट करिब ६ लाखको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय