logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मापसे सेवन गरेर एम्बुलेन्स चलाएको आरोपमा पक्राउ

मापसे सेवन गरेर एम्बुलेन्स चलाएको आरोपमा पक्राउ


  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौँ ।  मादक पदार्थ सेवन(मापसे) गरेर एम्बुलेन्स चलाएको आरोपमा चालक पक्राउ परेका छन् । स १ च ६९१ नम्बरको एम्बुलेन्स चालक लहान नगरपालिका–१ का ३२ वर्षीय दिनेश कुमार दास पक्राउ परेका हुन् । उनलाई मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको आरोपमा पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको  अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुक्ति नाथ सापकोटाले जानकारी दिए ।

    सूर्य ज्योति विकास समाजको नाम रहेको एम्बुलेन्स चालकलाई चेक गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएको बताउँदै डिएसपी सापकोटाले भने, ‘पछिल्लो समय मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना बढ्न थालेपछि बिरामी नबोकेको अवस्थामा उनीहरूमा पनि मापसे परीक्षण गर्न थालेका छौँ ।’

    कुनै एम्बुलेन्स चालकले मापसे वा लापसे गरेको थाहा पाए प्रहरीलाई खबर गर्न आग्रह गर्दै डिएसपी सापकोटाले भने, ‘एम्बुलेन्स एउटा संवेदनशील वाहन हो। कसैको ज्यान बचाउनका लागि चाँडोभन्दा चाँडो अस्पताल सहज रुपमा पुर्‍याउनु पर्ने हुन्छ । तर, उनीहरू मापसे र लापसे गरेर सवारी चलाउँदा गाडीभित्र र बाहिरका मानिसहरू उच्च जोखिममा हुन्छन् ।’यस आर्थिक वर्षको हालसम्म मापसे लगायत विभिन्न शीर्षकमा २५ जनाभन्दा बढी एम्बुलेन्स चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालय लहानले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय