logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौँ । आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै आइतबारको तुलनामा ११ सय रुपैयाँले घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ छ ।

    यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ थियो । सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १७ सय ५ रुपैयाँ कायम छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय