logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्ममा ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ ।

    यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । यो नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्य हो । यसैगरी यो साता चाँदीको कारोबार मूल्य भने घटेको छ । यो साता चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । यससँगै यो साता चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार तोलामा १७ सय ५० रुपैयाँ कायम थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय