logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन


  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौँ । ललितपुरको गोदावरीस्थित सनईराज हलमा जारी नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । आजबाट औपचारिक रुपमा शुभारम्भ भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गरे ।

    यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा केन्द्रीय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरू सहभागी भएको एमालेले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय