logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’को स्वर रहेको गीत ‘निर्मोही’ सार्वजनिक

हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’को स्वर रहेको गीत ‘निर्मोही’ सार्वजनिक


  • बुधबार, बैशाख ५ २०८१

  • काठमाडौँ । हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’को स्वर रहेको गीत ‘निर्मोही’ सार्वजनिक भएको छ । राजु सुनामको शब्द रहेको गीतमा एचबिएन किस्मतको सङ्गीत छ । गीतको भिडियोमा पनि कलाकार श्रेष्ठको अभिनय छ । अभिनयमा उनलाई मोडल पुजन घिमिरे ‘पकु’ले साथ दिएकी छन् । भिडियोको छायाङ्कन अस्ट्रेलिया र काठमाडौँ भएको हो ।

    सङ्गीतका विद्यार्थी समेत रहेका श्रेष्ठले बर्सेनि केही गीत ल्याउने गरेका छन् । गीत धेरैले रुचाउने उनले अपेक्षा गरेका छन् । भिडियोमा श्रेष्ठ र पूजनका अलावा रमेश श्रेष्ठ, राजु कार्की तथा बालकालकार आरोन श्रेष्ठ, समृद्धि श्रेष्ठको पनि अभिनय छ  । भिडियो दीपेन्द्र तिमलसिनाले निर्देशन गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय