logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

स्रोत नखुलेको नगदसहित एक जना पक्राउ


  • मंगलबार, बैशाख ४ २०८१

  • काठमाडौं । गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रुपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती प्रहरीले गस्ती गर्दै जाने क्रममा साइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि नगदसहित भन्सार कार्यालय गौर रौतहटमा बुझाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय