logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


  • मंगलबार, बैशाख ४ २०८१

  • काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य वृद्धिसँगै छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५०० रुपैयाँ थियो ।

    यो साताको आइतबार सुनको मूल्य तोलामा १ लाख ३६ हजार ८०० रुपैयाँ थियो । मंगलबारको मूल्य हालसम्मकै उच्च हो । यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँ कायम थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय