logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सर्वसाधारणका लागि सरकारी बण्डमा लगानी खुला

सर्वसाधारणका लागि सरकारी बण्डमा लगानी खुला


  • आइतबार, बैशाख २ २०८१

  • काठमाडौँ । सर्वसाधारण नागरिकका लागि सरकारी बण्ड (ऋणपत्र) मा लगानी खुल्ला भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत वार्षिक आन्तरिक ऋण निष्कासन तालिका बमोजिम आर्थिक वर्षका लागि ५ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि आवेदन माग गरेको हो ।

    तथापि, यसअघि ऋणपत्र बिक्री खुल्ला मिति २०८० वैशाख २ गते तोकिए पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र निष्कासन तालिका नै परिवर्तन गर्दै ऋणपत्र आवेदन दिने समयावधि दुई महिनाको दिएको हो ।

    २०८० वैशाख १ गते बिक्री खुल्ला भएको ऋणपत्रका लागि सर्वसाधारण नागरिकले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।  ऋणपत्रको निष्कासन भने असार ४ गते हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय