logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

धनुषाको शहिदनगरमा महिलाको शव फेला

धनुषाको शहिदनगरमा महिलाको शव फेला


  • आइतबार, बैशाख २ २०८१

  • काठमाडौँ । धनुषाको शहिदनगर नगरपालिका–४ मा महिलाको शव फेला परेको छ । हंसपुर नगरपालिका–७ घर भएकी शुभदेवी मण्डलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले  बताए ।

    ५५ वर्षीया शुभदेवी मण्डल गहुँखेतमा मृत भेटिएकी हुन् । शव भेटिएको ठाउँ उनको माइतीगाउँ हो । उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान शुरु गरिएको डीएसपी अवाले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय