logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • शुक्रबार, चैत्र ३० २०८०

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहक छन् ।

    बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय