logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लागु औषध सहित ४ जना पक्राउ

लागु औषध सहित ४ जना पक्राउ


  • शुक्रबार, चैत्र ३० २०८०

  • काठमाडौँ । प्रहरीले काठमाडौँ र झापाबाट लागु औषध सहित ४ जनालाई  पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरीबाट दुईजना र झापाको धुलाबारीबाट दुईजना पक्राउ परेका हुन् ।  चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट १० ग्राम खैरो हेरोइन सहित पोखरा महानगरपालिका–४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौँ तारकेश्वर नगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०१–००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने गर्दा उनीहरू पक्राउ परेका हुन् । झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलावारी चोकबाट ५ किलो ५ सय ग्राम गाँजा सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–४ बस्ने २७ वर्षीय पासाङ जिम्बा र मेचीनगर  नगरपालिका–१० खयरडागि बस्ने ५६ वर्षीय शम्भु राजवंशी छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय