logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


  • शुक्रबार, चैत्र ३० २०८०

  • काठमाडौँ । यो वर्षको अन्तिम दिन शुक्रबार सुनमा हालसम्मकै उच्च मूल्य कायम भएको छ । चैत ३० गते छापावाला सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको हो । योसँगै २०८० सालभर सुनको मूल्यमा ४४ हजार रुपैयाँ वृद्धि भएको छ । २०७९ चैत ३० गते छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९९५ रुपैयाँ रहेको थियो ।

    यस्तै, तेजाबी सुनको मूल्य समेत सोही दरमा वृद्धि हुँदै वर्षको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ । यता चाँदीको मूल्य भने वर्षभरिमा तोलामा ५३२ रुपैयाँ बढ्दै १ हजार ७७५ रुपैयाँ कायम भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय