logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा युवती पक्राउ

नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा युवती पक्राउ


  • बिहिबार, चैत्र २९ २०८०

  • काठमाडौँ । नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौँको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् । २६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी ज्ञानेन्द्र फुयाँलले  बताए ।

    तारकेश्वर नगरपालिका–११ स्थित हिलेटोलमा युना खाजाघर सञ्चालन गरेर उनले वेश्यावृत्ति गराएको आरोप छ । खाजा घरबाट दुई जना नाबालिगसहित ७ जनालाई प्रहरीले उद्धार गरेको छ ।  आरोपीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी फुयाँलले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय