logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

मनकामना दर्शन प्रालि नेपाल उद्योग वाणिज्य महासंघद्वारा सम्मानित

मनकामना दर्शन प्रालि नेपाल उद्योग वाणिज्य महासंघद्वारा सम्मानित


  • बिहिबार, चैत्र २९ २०८०

  • काठमाडौँ । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि आर्थिक वर्ष २०७८–२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालिलाई सम्मानित गरिएको हो  ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु श्रेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् । गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित सो कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय