logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • बिहिबार, चैत्र २९ २०८०

  • काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँमा झरेको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय