logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ : देउवा

गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ : देउवा


  • मंगलबार, चैत्र २७ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनै पर्ने बताएका छन् ।

    आज बिहान नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछानेविरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताएका हुन् ।

    ‘रवि लामिछानेविरूद्ध यति धेरै प्रमाण छन् । लाखौं ठगिएका छन् । न्याय दिनुपर्छ, हामी लाग्नुपर्छ,’ उनले भने, ‘संसदीय छानबिन समिति बन्नै पर्छ।’

    गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदमा प्रश्न गरिरहेको छ । कांग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ ।

    कांग्रेस र सत्ता गठबन्धनबीच यही विषयमा सहमति नहुँदा आजको प्रतिनिधि सभा बैठक अनिश्चित बनेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय