logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

लुम्बिनी योजना आयोगका उपाध्यक्ष केसीले दिए राजीनामा

लुम्बिनी योजना आयोगका उपाध्यक्ष केसीले दिए राजीनामा


  • सोमबार, चैत्र २६ २०८०

  • काठमाडौं  । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकार परिवर्तन भएपछि केसीले सोमबार राजीनामा दिएका हुन् ।

    उनले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा पत्र बुझाएका छन् ।आयोगको उपाध्यक्षमा डा. केसीलाई निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नियुक्त गरेका थिए । डा  केसीले राजीनामा दिएसँगै आयोगका सदस्यहरू डा। सुरजकुमार वली, सरोज खनाल र गीता केसी पनि बाहिरिएका छन् ।

    केसीले यस अवधिमा सातै प्रदेशका योजना आयोगहरूको राष्ट्रिय भेलामार्फत प्रदेश तथा स्थानीय तहका योजनाको अन्तरसम्बन्धमा लुम्बिनी घोषणापत्र, लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुमा र लुम्बिनीको दिगो कृषि विकास रणनीति तयार गरेको दाबी  गरेका छन् । उनले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधि र कार्यक्रम दस्ताबेज तयार गरिएको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय