logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

रिजन ढकालले लिए आयरल्यान्डको आठौँ विकेट

रिजन ढकालले लिए आयरल्यान्डको आठौँ विकेट


  • शुक्रबार, चैत्र २३ २०८०

  • काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ को आठौँ विकेट लिएको छ । आयरल्यान्डको आठौँ विकेट रिजन ढकालले लिएका हुन् । उनले आयरल्यान्डका आठौँ नम्बरका ब्याट्सम्यान गाभिन होएलाई परिवर्तित खेलाडी रुपेश सिंहद्वारा क्याच गराएका हुन् ।

    रिजन ढकालले लिएको यो दोस्रो विकेट हो । गोभिन होएले आयरल्यान्डका लागि महत्त्वपूर्ण पाली खेले । पेभेलियन फर्किनुअघि उनले ५९ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए । ३२औँ ओभरको अन्तिम बलमा गाभिन होए आउट हुँदा आयरल्यान्डले एक सय ४८ रन बनाइसकेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय