काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्डको पहिलो विकेट लिएको छ । आयरल्यान्डले पहिलो विकेटका रुपमा ओपनर जेम्स म्याकुलुमलाई गुमाएको हो । जेम्स खाता खोल्नुअघि नै रनआउट भई पेभेलियन फर्किएका हुन् । उनलाई साहब आलमले रनआउट गराएका हुन् ।
पहिलो ओभरको पाँचौँ बलमा जेम्स आउट हुँदा आयरल्यान्डले एक रनमात्र बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालल टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । यसअघि बुधबार खेलिएको पहिलो एकदिवसीय खेलमा नेपाल २१ रनले पराजित भएको थियो । नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । तेस्रो एकदिवसीय खेल आइतबार खेलिने छ । यसअघि खेलिएको तीन खेलको टी-२० शृंखलामा आयरल्यान्ड ‘ए’ २-१ ले विजयी भएको थियो ।