logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

हुलाकी राजमार्गको भौतिक प्रगति ६५ प्रतिशत

हुलाकी राजमार्गको भौतिक प्रगति ६५ प्रतिशत


  • बिहिबार, चैत्र २२ २०८०

  • काठमाडौँ । हुलाकी राजमार्गको अहिलेसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ । बिहीबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा राजमार्ग आयोजना प्रमुख अजय कुमार मुलले उक्त जानकारी दिएका हुन् । २०६६/०६७ सालमा सुरु भएको राजमार्ग अहिले म्याद थप्दै सम्पन्न मिति २०८३/०८४ पुर्‍याइएको छ ।

    सुरुको लागत ६५ अर्ब अनुमानित लागत थियो भने अहिले बढेर १ खर्ब ९३ करोड पुर्‍याइएको छ । अहिलेसम्म १२४३ किलोमिटर कालोपत्रे र १३५ वटा पुल बनिसकेको मुलले जानकारी दिए । आयोजनको वित्तीय प्रगति भने ६० प्रतिशत भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय