logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

लुम्बिनी प्रदेशका विश्वास मत लिनु भन्दा अगाडि चौधरी मुख्यमन्त्री आन्तरिक छलफलमा

लुम्बिनी प्रदेशका विश्वास मत लिनु भन्दा अगाडि चौधरी मुख्यमन्त्री आन्तरिक छलफलमा


  • बिहिबार, चैत्र २२ २०८०

  • काठमाडौँ । लुम्बिनी  प्रदेशका मुख्यमन्त्री  डिल्ली बहादुर चौधरीले  विश्वासको मत लिनु भन्दा  अगाडि  काँग्रेस संसादहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् । विश्वासको मतका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । केन्द्रीय समीकरण अनुसार विश्वासको मत पाउने टुङ्गो नभएपछि  मुख्यमन्त्री  चौधरीले  प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा गर्न थालेका हुन् ।

    अहिले एक बजे कांग्रेस संसदीय दलको कार्यालय देउखुरीमा बैठक  बस्दैछ । बैठकमा  चौधरीले अहिलेसम्मको अवस्थाका बारेमा  ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमसेनाले   बैठक बोलाएको त्यहीबाट मुख्यमन्त्री कसरी जाने भन्ने टुङ्गोमा पुग्ने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय