logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बलिउड गायक र र्‍यापर ‘मेलो डी’ नेपाल आउने

बलिउड गायक र र्‍यापर ‘मेलो डी’ नेपाल आउने


  • बिहिबार, चैत्र २२ २०८०

  • काठमाडौँ । बलिउड गायक र  र्‍यापर ‘मेलो डी’ नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर दरबार मार्गस्थित क्लब नेक्ससमा आयोजना हुने ‘मेलो डी लाइभ’ सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् । एल एन्ड एन एजेन्सीको आयोजना रहेको कार्यक्रममा उनले विभिन्न बलिउड गीतबाट दर्शक झुमाउनेछन् ।  आयोजक एल एण्ड एनका प्रबन्ध निर्देशक नितिन कायस्थले नेपालीका लागि नयाँ वर्ष विशेष बनाउन ‘मेलो डी लाइभ’ कार्यक्रम आयोजना गरिएको बताए ।

    उनले समकालीन विटहरूसँग परम्परागत भारतीय ध्वनिहरू फ्युजन गर्ने मेलो डीको अद्वितीय शैलीले न्यू इयर नाइट इभेन्ट एउटा भव्य कार्यक्रम हुने कायस्थको दाबी छ । एलएण्डएनले यसअघि बलिउड कलाकार  र्‍यापर तेरा भाइ जेडबी, बम्बे वाइकिंग्स र विनीत सिंहलाई नेपाली दर्शकमाझ प्रस्तुत गरिसकेको छ ।

    मेलो डी बलिउडको सबैभन्दा खोजिने गायक र र्यापरमा पर्छन् । युवा पुस्ता माझ चर्चित उनले ‘फाइटर’ फिल्मको ‘इश्क जैशा कुछ’, ‘भुल भुलैया २’ को ‘तेरे आंखे भूल भुलैया’, ‘हौले हौली’ र ‘नडियो पार’ जस्ता चर्चित गीतहरू दिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय