logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सुदूरपश्चिममा मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

सुदूरपश्चिममा मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने


  • बिहिबार, चैत्र २२ २०८०

  • काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । सो बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए । शाह नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन् ।

    केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन हुँदा मुख्यमन्त्री बनेका शाह माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए । केन्द्रमा माओवादी–एमाले गठबन्धन बने पनि सुदूरपश्चिममा फरक गठबन्धनको कसरत भइरहेको छ । मुख्यमन्त्री शाहले प्रदेशमा रहेका नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र समेत मिलाएर नयाँ गठबन्धनको सरकार बनाउने प्रयास गरिरहेका छन् ।

    प्रदेशसभामा कांग्रेसको १८, नागरिक उन्मुक्तिको ७, राप्रपाको एक र स्वतन्त्र एक गरी २७ मत आफ्नो पक्षमा जुटाउने मुख्यमन्त्री शाहको कसरत छ । तर नागरिक उन्मुक्तिभित्रको विवादका कारण उनले विश्वासको मत पाउने वा नपाउने भन्ने टुङ्गो छैन । राप्रपाले भने शाहलाई मत दिने देखिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय