logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मकैको आवश्यकता बढ्दो भए पनि २० प्रतिशत मात्रै स्वदेशी‍ उत्पादनले धानेको छ: अध्यक्ष ढकाल

मकैको आवश्यकता बढ्दो भए पनि २० प्रतिशत मात्रै स्वदेशी‍ उत्पादनले धानेको छ: अध्यक्ष ढकाल


  • बुधबार, चैत्र २१ २०८०

  • काठमाडौं- उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा माग र महत्त्व बढ्दै गइरहेको जिकिर गरेका छन् । नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्त्व झनै बढेर गएको उनको भनाइ छ ।

    साथै, उनले हाल नेपालमा आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी मकै उत्पादनले धानेको बताएका छन् । उनले गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै तेस्रो मुलुकबाट आयात गरेको बताएका हुन् । उनले मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भए पनि पर्याप्त नभएको समेत जिकिर गरेका छन् ।

    ‘मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्वपूर्ण भुमिका छ । पछिल्लो तथ्यांकअनुसार ९ सय ८० हजार हेक्टर जमिनमा ३० लाख मकै उत्पादन भइरहेको छ । नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरु छ । त्यसमा मकैको निकै महत्त्वपूर्ण भुमिका छ’ उनले भने’नेपालको निजी क्षेत्रको वार्षिक करिव ६ लाख मेट्रिक्टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिव ४० अर्ब जति लगानी गरेको तथ्यांक छ । यसमा नेपालको आवश्यकताको २० प्रतिशत मात्रै स्वदेशी उत्पादनले धानेको छ । बाँकी भारत लगायत तेस्रो मुलुकबाट आयात गरिएको छ । नेपालमा मकैको आवश्यकता औद्योगिक उत्पादनको लागि प्रत्येक वर्ष बढेर गएको छ । जस्तो गत आर्थिक वर्ष २०२१/२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको देखिन्छ । मकैको उत्पादन वृद्धिका लागि केही पहलहरु भएपनि पर्याप्त छैनन् ।’

    अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गरे । आन्तरिक मागलाई धान्नसक्ने गरी कृषिजन्य उत्पादन बढाउनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छन् । यसले उत्पादनमा बृदि गर्ने उनको भनाइ थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय