logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु : मन्त्री भण्डारी

ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु : मन्त्री भण्डारी


  • मंगलबार, चैत्र २० २०८०

  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् । ढुवानी व्यवसायी महासङ्घ नेपालको मागपत्र बुझ्दै उनले ढुवानी व्यवसायीले उठाउँदै उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । उनले ढुवानी व्यवसायी महासंघका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरे ।

    मन्त्री भण्डारीले ढुवानी व्यवसायीले बजारमा एकाधिकार जमाएर अरू व्यवसायीलाई आउन नदिएको गुनासो आएको उल्लेख गर्दै ढुवानीमा रहेको एकाधिकार हटाएर सहज वातावरण निर्माण गर्न आग्रह गरे । आर्थिक वर्ष २०७६/७७ को आफूहरूले भ्याट नकाटे पनि सरकारले तिर्नुपर्ने देखाएपछि त्यसको मिनाहाका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको महासंघका अध्यक्ष माधव नेपालले बताए। चालु आर्थिक वर्षमा सरकारले सो १३ प्रतिशत भ्याटलाई ‘स्किम’ का रुपमा पाँच प्रतिशत तिर्न भने पनि आफूहरूले भ्याटमा कारोबार नगरेकाले मिनाहाका लागि सरकार समक्ष माग गरेको उनले जानकारी दिए ।

    ढुवानीमा सरकारले मूल्य अभिवृद्धि कर लगाउने निर्णयले समग्र ढुवानी व्यवसायी प्रत्यक्ष मारमा परेको अवस्था रहेको भन्दै ढुवानी व्यवसायी महासंघले त्यसको खारेजीको माग गरेको छ । सो करले समग्र व्यापार व्यवसाय तथा आम उपभोक्तामा महङ्गी सिर्जना गरेको महासंघको भनाइ छ । महासंघले देशका ठुला शहरमा ढुवानी ग्राम बनाउन पनि माग गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय