logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

८ लाख ७४ हजार रुपैयाँ बराबरको चाँदीको गहनासहित १ जना पक्राउ

८ लाख ७४ हजार रुपैयाँ बराबरको चाँदीको गहनासहित १ जना पक्राउ


  • मंगलबार, चैत्र २० २०८०

  • काठमाडौँ । बेलबारी नगरपालिका–७ बाहुनीबाट सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सोही जिल्लाको कानेपोखरी गाउँपालिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई १७ केजी ९ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार उनले लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा उनलाई १२ केजी २ सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो । पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा ५ केजी ७ सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मी मार्गबाट खटिएको सशस्त्र प्रहरी टोलीले बरामद गरेको थियो ।

    उनी सवार उल्लेखित मोटरसाइकल समेत सशस्त्र प्रहरीले बरामद गरेको छ । बरामद चाँदीको गरगहना तथा मोटरसाइकलसहित खत्रीलाई सोमबार आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय