logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेपाली ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, ११ रन बनाउँदै आउट भए कप्तान विनोद भण्डारी

नेपाली ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, ११ रन बनाउँदै आउट भए कप्तान विनोद भण्डारी


  • सोमबार, चैत्र १९ २०८०

  • काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान विनोद भण्डारीलाई गुमाएको हो ।

    तेस्रो नम्बरमा क्रिज समाल्न आएका विनोद आठ बलमा एक छक्काको मद्दतले ११ रन बनाउँदै आउट भएका हुन् । उनलाई आयरल्यान्डका बलर फियोन ह्यान्डले बोल्ड गरेका हुन् । ४.५ ओभरमा कप्तान विनोद आउट हुँदा नेपालले ३३ रन बनाएको छ । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय