logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

कपनमा ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

कपनमा ट्याक्सी चालकलाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ


  • आइतबार, चैत्र १८ २०८०

  • काठमाडौँ । काठमाडौँको कपनमा ट्याक्सी चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको तार्केश्वर नगरपालिका–६ बस्ने २७ वर्षीय प्रशान्तजङ्ग कार्की र बुढानीलकण्ठ नगरपालिका–२ बस्ने ३४ वर्षीय राजु गुरुङ छन् ।

    उनीहरुले चैत १३ मा कपन दुर्गा मन्दिर नजिक बा.२ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई लुटपाट गरेका हुन् । ट्याक्सी चालकसँग भएको मोबाइल, नगद १८ हजार र ब्लूबुक र ल्यापटप उनीहरुले लुटेर भागको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आरोपीहरूलाई बसुन्धाराबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय