logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै

रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै


  • शनिबार, चैत्र १७ २०८०

  • काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ। शनिबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कांग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरु कायमै रहेको बताइन्।

    नेपाली कांग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ। बैठकमा सभामुख घिमिरेले सदंनको अवरोध हटाउनका लागि आग्रह गरेका छन्। त्यस विषयमा आइतबार बस्ने पार्टी पदाधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताइन्। सचेतक थिङका अनुसार दलहरुबीच राजनीतिक दलसम्बन्धी विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ।

    उनले भनिन्, ‘हामीले उठाएको विषय संसदीय छानविन समिति गृहमन्त्रीको विषयमा छलफल नभएसम्म हामीले सदन कसरी लैजाने भन्ने विषयमा भोलि हामी पदाधिकारी बैठक बसेर छलफल गर्छौं। त्यसपछि मात्रै हामी सदनमा कसरी जाने भन्नेबारेमा निष्कर्षमा पुग्छौँ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय