logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे

संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे


  • शुक्रबार, चैत्र १६ २०८०

  • काठमाडौँ । सभामुख देवराज घिमिरेले दलहरूबिचको सहमतिमा संसद् बैठक चल्ने बताएका छन् । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू)को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले आफू बाहिर भएको बेला के–के भयो भन्ने कुरा धेरै थाहा नभएको बताए ।

    आफू विदेश जाँदा प्रतिनिधि सभा बैठक नै स्थगित गरेर जानुपर्ने कारणबारे सञ्चारकर्मीले गरेको प्रश्नमा घिमिरेले भने,‘ यहाँ के भयो भन्ने कुरा धेरै थाहा छैन । तर सामान्यतया सभामुख जाँदा बैठक रोकिएको हुन्छ ,अव हामी आइपुगेका छौँ बैठकहरू चल्छन् ।’उनले संसदीय क्यालेन्डर अनुसार नै चैत १८ गतेबाट बैठक चल्ने पनि बताए । ‘दलहरूबिच छलफल हुन्छ र सोही अनुसार हामी अघि बढ्छौ’, सभामुख घिमिरेले  संसद् अवरोधबारे दलहरूबिच छलफल गरेर संसद् बैठकले गति लिने बताए । सभामुख घिमिरे नेतृत्वको टोली गत बिहीबार जेनेभा गएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय