logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ

दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ


  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौँ । दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् । दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन् ।

    प्रहरीले नाम भने खुलाएको छैन। नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् । मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय