logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु


  • बिहिबार, चैत्र १५ २०८०

  • काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको डुबेर मृत्यु भएको छ । छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो ।

    यता धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित गङ्गा सागर पोखरीमा डुबेर महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भइ हाल सोही उपमहानगरपालिका–८ बलुवा टोल डेरा गरी बस्ने ३५ वर्षीय लक्ष्मण झाको बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय