logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

फ्रान्सका ह्यूगो र क्यानडाकी कोरिनले जिते एन्डुरो रत्नाङ्गेको उपाधि

फ्रान्सका ह्यूगो र क्यानडाकी कोरिनले जिते एन्डुरो रत्नाङ्गेको उपाधि


  • सोमबार, चैत्र १२ २०८०

  • काठमाडौँ । फ्रान्सका ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि हात पारेका छन् । सोलुखुम्बुको फाप्लुमा भएको दोस्रो सिजनको माउन्टेन बाइक प्रतियोगितामा पुरुषतर्फ ह्यूगो पहिलो भएका हुन् ।

    साविक विजेता नेपालका राजेश मगर भने दोस्रो भए । फ्रान्सका रेमी एब्सलान तेस्रो बने ।  महिलातर्फको स्पर्धामा क्यानडाकी कोरिन पहिलो भइन् । नेपालकी उषा खनाल दोस्रो र लक्ष्मी मगरले तेस्रो स्थान हासिल गरे । विश्वको सर्वोच्च शिखर सगरमाथालाई पृष्ठभुमीमा राखेर एन्डुरो रत्नाङ्गेको दोस्रो सिजन फाप्लुमा सम्पन्न भएको छ ।

    प्रतियोगितामा विश्वस्तरका बाइक राइडरसहित ४९ साहसीक खेलाडीले सहभागीता जनाएका थिए ।  एन्डुरो रत्नाङ्गेलाई सबैभन्दा उच्च पर्वतमा हुने खेल स्पर्धाको रुपमा विकास गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय