logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गृहमन्त्री लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैनःडा शेखर कोइराला

गृहमन्त्री लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैनःडा शेखर कोइराला


  • शनिबार, चैत्र १० २०८०

  • काठमाडौँ-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको तर्क गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन? भन्ने प्रश्न गरेका छन्।

    सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा अचम्म लागेको पनि उनले तर्क गरेका छन् । कोइरालाले भने,‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो।’

    हरेक राजनीतिक परिवर्तनमा काठमाडौंवासीको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले अबका दिनमा पनि उनीहरुको निरन्तर खबरदारीको आवश्यकता औँल्याए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय