logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • शुक्रबार, चैत्र ९ २०८०

  • काठमाडौँ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा पुगेको छापावाला सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ३ सय रुपैयाँले नै घट्दै १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको पनि आज तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय