logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राष्ट्र बैंकले १ अर्ब ९१ करोड ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले १ अर्ब ९१ करोड ब्याजमा लगानी गर्ने


  • बुधबार, चैत्र ७ २०८०

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड तरलता ब्याजमा लगानी गर्ने भएको छ । २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म कूल ३६६ दिनका लागि बैंकले कूल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको हो ।

    एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ । बैंकको सूचना अनुसार कूल निक्षेपमध्ये वाणिज्य बैंकहरुका लागि १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ छुट्याइएको छ भने विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि क्रमशः २८ करोड ६६ लाख र ९ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत ८ गते राति १२ बजेसम्म उचित ब्याजदर र निक्षेप माग गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय