logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेस पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस मनाइँदै

कांग्रेस पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवस मनाइँदै


  • बुधबार, चैत्र ७ २०८०

  • काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस, ‍जिपी कोइराला फाउण्डेसनलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

    पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो। राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो।

    २०४७ सालको आन्दोलन, २०६२-६३ सालको दोस्राे जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा उनको भूमिका महत्त्वपूर्ण छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय