logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबने आगामी संसद बैठक चल्दैनः रामहरि खतिवडा

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबने आगामी संसद बैठक चल्दैनः रामहरि खतिवडा


  • मंगलबार, चैत्र ६ २०८०

  • काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसदको बैठक चल्न नदिने बताएका छन्।

    मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए। उनले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगमी बैठक चल्न नदिने चेतावनी दिए।

    उनले भने,‘प्रधानमन्त्रीको जवाफ हामीलाई चित्त बुझेको छैन, हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ। त्यो माग पूरा नगरे भोलिदेखि संसद चल्दैन, त्यो काम सरकारको हातमा छ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय