logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सहकारी पीडितलाई न्याय दिन नसक्दा बालेन र हर्कहरुले गिज्याइरहेका छन्ः जीवन परियार

सहकारी पीडितलाई न्याय दिन नसक्दा बालेन र हर्कहरुले गिज्याइरहेका छन्ः जीवन परियार


  • सोमबार, चैत्र ५ २०८०

  • काठमाडौँ – नेपाली कांग्रेसका सांसद जीवन परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकारको औचित्य नहुने बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद परियारले सहकारी पीडितलाई न्याय दिलाउन नसके सरकार र संसदको औचित्य नहुने बताएका हुन्।

    उनले सहकारी पीडितहरुले आफूहरुले न्याय कहिले पाउँछौँ भनेर सोधिरहेको उल्लेख गर्दै उनीहरुलाई न्याय दिलाउन नसक्दा बालेन शाह र हर्क साम्पाङहरुले समेत गिज्याइरहेका बताए। उनले हरेक घटनाका पीडितहरुले काठमाडौँ आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै सम्बन्धित ठाउँमा नै समस्याको समाधान गर्नसक्ने अवस्था बन्नुपर्ने बताए।

    उनले भने, ‘ती लाखौँलाख सहकारी पीडतहरुलाई न्याय दिलाउन नसक्ने हो भने हामी यो सरकारमा बस्नुको कुनै औचित्य रहँदैन। हामीलाई सहकारी पीडितले न्याय कहिले पाउँछौँ भनेर भनिरहेका छन्। बालेन र हर्कहरुले पनि हामीलाई गिज्याइरहेका छन्। हामी सत्तामा छौँ। सरकारमा छौँ। संघीय संसदमा छौँ। संसदमा बसेर हामीले कुरा उठाउँदै गर्दा पीडितले न्याय कहिले पाउने? हजारौँ सहकारी पीडितहरुले काठमाडौँको सडकमा आएर आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय