logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

हुण्डीको ६ लाख रुपैयाँसहित वीरगञ्जबाट एक जना पक्राउ

हुण्डीको ६ लाख रुपैयाँसहित वीरगञ्जबाट एक जना पक्राउ


  • सोमबार, चैत्र ५ २०८०

  • काठमाडौं ।  पर्सा प्रहरीले हुण्डी करोबारमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा गणेशमान चारनाथ नगरपालिका–६ घर भई हाल वीरगञ्ज–१६ बस्ने रामबाबु साह कलवार रहेका छन्। शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा प्रहरीले कलवारलाई खानतलासी गर्दा उनको साथबाट नेपाली ६ लाख ८२ हजार रुपैयाँ बरामद भएको हो।

    यस्तै, प्रतिबन्धित भारु पाँच सय दरको २८ हजार, विभिन्न बैंकको १९ थान चेकबुक बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए। कलवारलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा थप अनुसन्धान भइरहेको थापाले बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय