logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मनकामना केबलकारको सेवा चैत ७ गते बन्द

मनकामना केबलकारको सेवा चैत ७ गते बन्द


  • सोमबार, चैत्र ५ २०८०

  • काठमाडौँ । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ। नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ। नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

    गोरखाको सहिद लखन गाउँपालिका- ३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना- ४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो। मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय