logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आजदेखि खुल्याे कर्णाली पुल

आजदेखि खुल्याे कर्णाली पुल


  • सोमबार, चैत्र ५ २०८०

  • काठमाडौँ । आगलागीका कारण बन्द भएको कर्णालीको पुल साेमबारदेखि खुलेको छ। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल आजदेखि खुलेको हो।

    नेपालगञ्जस्थित सडक डिभिजन कार्यालय इन्जिनियर नीरज शाक्यले पुलको अवस्थाका बारेमा स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएकाे बताए।

    गत सोमबार पुलमा आगो लागेको थियो। पुलमा गुडीरहेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा लाग्दा केही क्षति भएको थियो। विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो।


    सम्बन्धित समाचार थप

    लोकप्रिय