logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाल समाजवादी पार्टी(नेसपा) को केन्द्रीय समिति बैठक बस्दै

नेपाल समाजवादी पार्टी(नेसपा) को केन्द्रीय समिति बैठक बस्दै


  • सोमबार, चैत्र ५ २०८०

  • काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा) को केन्द्रीय समिति बैठक बिहान ११ बजे जडीबुटीमा बस्ने भएको छ । पार्टी विभाजन भएपछि संगठन सुदृढीकरण, महाधिवेशनको तयारी र अध्यक्ष महिन्द्र राय पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डा रहेको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले बताए ।

    आइतबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षीय नेताहरूको जिम्मेवारी मुक्त गर्ने निर्णय गर्दै माओवादी केन्द्रसँग एकता गर्ने सहमति खारेज गरेको थियो ।‘केन्द्रीय कार्यकारिणी समितिले तय गरेका एजेण्डाको विषयमा निर्णय लिन केन्द्रीय समिति बैठक बोलाइएको हो ।

    पार्टी विधान, विधि र प्रक्रियाविपरित गतिविधि गर्ने नेताहरूको जिम्मेवारी मुक्त, महाधिवेशनको तयारी, संगठन विस्तार लगायत विषयमा निर्णय हुन्छ’, उनले भने । शनिवार महिन्द्र पक्षीय नेताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय