logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सप्तरीको टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति

सप्तरीको टेलर्समा आगलागी हुँदा ३० लाखको क्षति


  • शनिबार, चैत्र ३ २०८०

  • काठमाडौं । सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ ।

    आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित रु ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिएका छन्। आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन।

    स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय