logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

स्वयम्भू महाचैत्यको जीर्णोद्धार

स्वयम्भू महाचैत्यको जीर्णोद्धार


  • शनिबार, चैत्र ३ २०८०

  • काठमाडौं- विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर रु ५० लाखको लागतमा जीर्णोद्धार गरिएको छ।स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले गजुरको जीर्णोद्धार गरेको हो। काठमाडौं- १५ मा रहेको महाचैत्यको पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले जीर्णोद्धारका लागि प्राविधिक अध्ययन गरेका थिए।

    यही चैत ५ गते धार्मिक परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चैत्यको पूजा गर्ने कार्यक्रम रहेको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए। उक्त चैत्य एक सय छ मिटर अग्लो छ। गजुरमा सुनको जलप लगाइएको छ। गजुरसँगै हर्मिका, छत्राबलि र १३ भुवन पनि सिँगारिएको छ।

    महाचैत्यको कलाकौशल, बनोटको अध्ययन तथा अवलोकन गर्न स्वदेशी र विदेशी पर्यटक आउने गरेको महासमितिका इन्जिनियर राजेश सुवालले जानकारी दिए। चैत्यको आसपास रहेको अनन्तपुर र प्रतापपुर यसअघि जीर्णोद्धार भइसकेका छन्। मन्दिर क्षेत्रबाट काठमाडौं उपत्यका राम्रोसँग देख्नसक्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय